Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वासिमको शतकमा पीएनजीविरुद्ध यूएईको शानदार जीत

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले नेपालसँग खेल्नुअघि पपुवा न्यूगिनी (पीएनजी)माथि ६ विकेटको शानदार जीत निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । युएईको जितमा ओपनर तथा कप्तान मुहम्मद वासिमले ७६ बलमा १ सय १९ रनको शतकीय ईनिङ खेले ।

६१ बलमा शतक पूरा गरेका वासिमले ७६ बलमा १२ छक्का र ६ चौका प्रहार गरेका थिए । भृत्य ५६ बल खेल्दै ५ चौका प्रहार गरेर ३३ रनमा आउट भएका थिए ।

आर्यन अफजल खान २७ रनमा पभेलियन फर्कंदा, चुन्दन्गापोयल रिजवान ४४ बल खेल्दै ४ चौका प्रहार गरेर २९ रन र आसिफ खान ३ बलमा समान एक चौका र छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे ।

पीएनजीका रिले हिकुरेले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिएर दुई विकेट लिए । मोयरा र जोन कारिकोले एक-एक विकेट लिए । पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077