Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईविरुद्ध नेपालको खेल हेर्न दुई घण्टा अघि नै भरियो खेल मैदान

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दर्शकको भिड बढेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा ९ः३० मा सुरु हुने खेल हेर्नका लागि बिहानैदेखि दर्शकको भिड सुरु भएको हो । बिहान ७ः४५ सम्म दर्शक छिर्ने गेट खुलाइएको थियो ।

क्यानले बुधबार साँझै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन । खेल जितेर विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ ।

यसअघि भएका खेलमा नेपालले यूएईलाई २ खेलमा पराजित गरिसकेको छ । नेपालले आगामी ४ वर्षका लागि १ दिवसीय मान्यता पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077