Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपाद्वारा समानुपातिक सांसदमा मञ्जु अन्सारी सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मञ्जु अन्सारीलाई तिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद सहनाज रहमानको निधन भएपछि रिक्त पदमा मञ्जु अन्सारीलाई पठाउने निर्णय गरेको हो ।

जसपाबाट समानुपातिक सांसद शहनाज रहमानको गत फागुन १३ गते हृदयाघातबाट निधन भएको थियो।

रहमान मुस्लिम क्लस्टरबाट समानुपातिक सांसद बनेकी थिइन्। रिक्त पदमा मुस्लिम क्लस्टरको बन्दसूचीबाट दोस्रो नम्बरमा रहेको नाम पठाउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077