Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद विघटन मेरो इच्छा होइन, संविधानले बाध्य पारेको हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन आफ्नो इच्छा नभएको तर संविधानले बाध्य पारेको तर्क गरेका छन्।

नेकपा एमाले निकट विद्यार्थी संगठनले कानुनका विद्यार्थीसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘मसँग दुईतिहाइ थियो। अत्यन्तै असहज परिस्थिति बन्यो। सरकार चल्न सक्ने अवस्था भएन। कुनै कुरा संविधानमा स्पष्टता छैन र लेख्न छुटेको छ भने अरु सान्दर्भिक कुरा हेर्ने हो नि ! सरकार चलेन भने के गर्ने?'

४१ महिना संसद चल्दा कसैले बहुमत पुर्‍याउन नसकेको भन्दै ओलीले त्यस्तो अवस्थामा संसद विघटन गरेर नयाँ निर्वाचनको मिति तोक्नु प्रधानमन्त्रीको संवैधानिक बाध्यता भएको तर्क गरे।

संसदमा बहुमत पुर्याएर सरकार बनाउनुपर्ने भन्दै ओलीले सर्वोच्च अदालतमा सांसदहरू लाइन लगाएर हस्ताक्षर गरिएकोप्रति ओलीले असन्तुष्टि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077