Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शेखर कोइरालाको सुझाव - किसानका समस्या समाधान गर्न सरकारले हस्तक्षेप गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किसानका समस्या समाधान गर्न सरकारले तुरुन्त हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

शुक्रवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । कोइरालाले खेतीको बेला रासायनिक मलको चरम अभाव हुँदा किसान मारमा परेका बताए ।

यो विषय आगामी संसद अधिवेशनमा नेपाली कांग्रेसले प्रमुखताका साथ उठाउने उनको भनाई छ ।

उनले लेखेका छन्, ‘एकातिर खेतीको बेलामा चरम अभाव, अर्कोतिर अनुदान कटौतीका नाममा मूल्यवृद्धि । रासायनिक मलमा किसानहरू सधैं मारमा छन् । यी दुवै बेथितिको दीर्घकालीन समाधान आजको प्रमुख आवश्यकता हो । सरकारको तुरुन्त हस्तक्षेप होस् । यो विषय आगामी संसद अधिवेशनमा नेपाली कांग्रेसले प्रमुखताका साथ उठाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077