Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - सार्वभौम सत्तासम्पन्न राष्ट्रविरुद्ध बोल्ने छुट कसैलाई छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता मुलुकविरुद्ध कोही बोल्दै र चम्कँदै हिँड्छ भने जनताले त्यसै नछोड्ने चेतावनी दिएका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘यो देशको सन्तान भन्न पनि नसुहाउने, देशद्रोही कुरा गरेर हिँडेको छ । सरकारले लगाएको कि नलगाएको ? सरकार सुन्छ कि सुन्दैन ?’

ओलीले सत्ता गठबन्धनका नेताहरुतर्फ लक्षित गर्दै सार्वभौम सत्ता सम्पन्न राष्ट्रविरुद्ध बोल्ने कसैलाई छुट नभएको बताए ।

उनले राष्ट्रियताका विरुद्ध, राष्ट्रको अस्तित्वको विरुद्ध र राष्ट्रको सार्वभौमसत्ताविरुद्ध कोही चम्कँदै हिँड्छ भने कुनै बैंकका डिफल्टर हुन् कि जोसुकै हुन् जनताले सहन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077