Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई प्रमाणपत्र प्रदान

काठमाडौं । उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई निर्वाचन आयोगले प्रमाण पत्र प्रदान गरेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यादवलाई प्रमाण पत्र प्रदान गरेका हुन् ।

आज भएको निर्वाचनमा यादवले एमालेकी अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका हुन् । निर्वाचनमा ३० हजार ३२८ मतभारसहित विजयी भएका हुन् ।

उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए । एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार कायम भयो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077