Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ हजार घुससहित सबइन्जिनीयर प्रविन अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीबाट एकजना सबइन्जिनीयरलाई घुस रकमसहित पक्राउ गरेको छ ।

जिल्लाको पोखरा महानगरपालिका–२८ वडा कार्यालयमा कार्यरत सबइन्जिनीयर प्रविन बिक १५ हजार घुस रकमसहित पक्राउ गरेका हुन् ।

बिकलाई अख्तियारको कार्यालय पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१४ चाउथेबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका बिकमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077