Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज अदालतमा हाजिर हुँदै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान

एजेनसी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन् ।

खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित हुन आदेश दिएको थियो ।

तोशाखाना मुद्दामा उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । त्यसपछि उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भनिएको थियो । सोही अनुसार उनी आज अदालतमा हाजिर हुन लागेका हुन् ।

मुद्दाको सुनुवाइ गर्ने ठाउँ पनि परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको सत्र अदालतको सट्टा न्यायिक कम्प्लेक्समा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077