Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • सुदूरपश्चिम सरकारले दीपेन्द्र ऐरी र भीम सार्कीलाई जनही दुई लाख दिने

    सुदूरपश्चिम सरकारले दीपेन्द्र ऐरी र भीम सार्कीलाई जनही दुई लाख दिने

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 924
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुई लाख रूपैयाँ दिने भएको छ।

    राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई लाख रूपैयाँ मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका हुन्।



    नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्न लागिएको हो।

    यस्तै टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार दिइनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार