Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिम सरकारले दीपेन्द्र ऐरी र भीम सार्कीलाई जनही दुई लाख दिने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुई लाख रूपैयाँ दिने भएको छ।

राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई लाख रूपैयाँ मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका हुन्।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्न लागिएको हो।

यस्तै टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077