Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेल र स्पेनका लागि नेपाली राजदूत ढकालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच भेटवार्ता भएको छ।

शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर ढकालले राष्ट्रपति पौडेललाई बधाई दिएकी हुन्।

स्पेनमा रहेका नेपाली समुदायको तर्फबाट पनि उनले बधाई दिइन् ।

यस्तै उनीहरूबीच नेपाल र स्पेनको सम्बन्ध र आपसी सहयोगलाई थप प्रगाढ बनाउने उपायबारे छलफल भएको थियो।

राष्ट्रपति पौडेलले पनि राजदूत ढकालले नेपाल(स्पेनको सम्बन्धलाई प्रवर्द्धन र स्पेनको समुदायमा नेपाली गरेको योगदानप्रति प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077