Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • बिना तामझाम कुमारी घर पुगे राष्ट्रपति पौडेल

    बिना तामझाम कुमारी घर पुगे राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शनिबार, ४ चैत्र २०७९
  • 879
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई बसन्तपुरस्थित कुमारी घर पुगेका छन् ।

    राष्ट्रपति पौडेलले बिना तामझाम शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न पुुगेका हुन् ।



    राष्ट्रपति पौडेलले सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका छन्। कारकेड बिनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

    त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन ।

    कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए। राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार