Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन - स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउनू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृहसचिवसहित तीनै जना सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटार बोलाएर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

यस क्रममा प्रधानमन्त्री प्रचण्डले स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन, निर्वाचन शान्तिपूर्ण बनाउन र विश्वविद्यालय÷क्याम्पसहरूमा सहयोगात्मक वातावरण बनाउन गृहसचिव तथा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको बताइएको छ ।

सो क्रममा प्रधानमन्त्रीले समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सरकारी निवास (बालुवाटार) बोलाएका थिए । आइतबार स्ववियु निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077