Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध जारी पक्राउ पुर्जी रद्द

एजेन्सी । समर्थकहरूले अदालतबाहिर हंगामा मच्चाएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध जारी गरिएको पक्राउ पूर्जी रद्द भएको छ ।

यस्तो अवस्थामा अतिरिक्त जिल्ला तथा न्यायाधीश जफर इकबालले मुद्दाको सुनुवाइ मार्च ३० सम्मका लागि स्थगित गरेका हुन् ।

इमरान शनिबार इस्लामावाद अदालतमा हाजिर भएका थिए । तर उनका समर्थकहरूले अदालतबाहिर हंगामा मच्चाएका थिए ।

उनले पूर्वप्रधानमन्त्रीविरुद्ध जारी गरेको पक्राउ पुर्जी पनि खारेज गरेका हुन् । न्यायाधीशले यस्तो वातावरणमा सुनुवाइ गर्न सम्भव नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077