Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मोटरसाइकलको ठक्करबाट ग्वार्कोमा एकजनाको मृत्यु

    मोटरसाइकलको ठक्करबाट ग्वार्कोमा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 501
    SHARES

    फाइल तस्विर

    ललितपुर । ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भई ललितपुरको बाफल बस्ने ३४ वर्षीय बुद्ध तिमिल्सिना रहेका छन् ।



    मोटरसाइकलको ठक्करबाट घाइते भएका तिमिल्सिनाको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।

    बागमती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार