Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपालमा पनि भित्रियो चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि ‘लोकोमो’

    नेपालमा पनि भित्रियो चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि ‘लोकोमो’

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 582
    SHARES

    काठमाडौं । नेपालमा चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि भित्रिएको छ । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि ‘लोकोमो’ भित्रिएको हो ।

    दैनिक पाँचवटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न अब भने केही सहज हुने विश्वास गरिएको छ ।



    अमेरिका र नेपालमा गरिएको दुई वर्ष लामो प्राविधिक अन्वेषण, अमेरिकाको नियामक निकाय एफसीसी र नेपालकै सञ्चार मन्त्रालयको स्वीकृतिपछि मोटरसाइकल चोरी रोक्ने र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसहित जीपीएस प्रविधिमा आधारित ‘लोकोमो’ नेपालमा औपचारिक रूपमा प्रवेश भएको छ ।



    लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी नियन्त्रण, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले बताएको छ । कुनै सार्वजनिक स्थानमा सवारी छोडेर जान परे लोकोमो मोबाइल एपबाट ‘स्मार्ट लक’ गर्नुहोस्, चोरी गर्न कसैले तार काटे पनि मोटरसाइकल स्टार्ट हुँदैन ।

    कुनै अनधिकृत व्यक्तिले लगिहाले पनि मोबाइल फोनबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने, अनि मोबाइलमा हेरेरै आफ्नो सवारीसाधनको लोकेशन पत्ता लगाउन सकिने बताईएको छ ।

    यो प्रविधिको वावजुद चोरी भएको भन्ने यकिन भएमा सवारीधनीले नेपाल प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेशन जानकारी गराउन सक्नेछन् ।

    प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्रयाक गरी कुन रूटमा, कति गतिमा गुडिरहेको छ हेर्दै प्रहरीलाई परिचालन हुन सहज हुने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार