Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मनाउने

    ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मनाउने

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 798
    SHARES

    काठमाडौं । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह- २०८०’ मनाउने भएकाे छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूको अगुवाई तथा स्थानीय तह, स्थानीय प्रहरी, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रूपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम गरी ट्राफिक सप्ताह मनाउन लागिएको हो।



    गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा आइतबार काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा औपचारिक कार्यक्रम गरेर ट्राफिक सप्ताहको सुरू हुने कार्यालयले जनाएको छ।



    एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा चालक, परिचालक, पैदलयात्री,विद्यार्थीर समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू रहेको र साताव्यापी सञ्चालन हुने यस कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार