Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार श्यामराज ओझा विजयी भएका छन् ।

उनी ९६२ मत ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भए ।

विष्टले ७३१ मत प्राप्त गरे । ओझाले २२५ मतान्तरले विष्टलाई पराजित गरे ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा १३ वटा इलेक्ट्रोनिक्स मेसिनबाट मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077