Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • साफ यू-१७ च्याम्पियनमा भारतसँग खेल्दै नेपाल

    साफ यू-१७ च्याम्पियनमा भारतसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 516
    SHARES

    काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतसँग खेल्दैछ ।

    बंगलादेशको ढाकामा आजदेखि हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।



    नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । भारत पनि नेपाललाई हराउँदै प्रतियोगितामा जितका साथ सुरुवात गर्ने योजनामा छ ।



    प्रतियोगितामा बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार