Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग पराजित

    साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग पराजित

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 459
    SHARES

    काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामाको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ।

    ढाकामा सोमबार भएको खेलमा नेपाललाई भारतले ४-१ गोल अन्तरले हराएको हो ।



    खेलको पहिलो हाफमा नै ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा सान्त्वना गोल फर्कायो।



    भारतको जितमा सिल्जीले १०, ४० र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। पुजाले ४१ औं मिनेटमा १ गोल थपिन्।

    खेलको ५४ औं मिनेटमा वर्षा ओलीले गोल गर्दै नेपाललाई ३-१ को स्थितिमा ल्याईन् ।

    अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार