Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

राहदानी विभाग घोडेजात्राको दिन पनि खुल्ने

काठमाडौं । राहदानी विभागले सार्वजनिक बिदा घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।

विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले सो निर्णय गरेको हो।

विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढिरहेकाले सार्वजनिक बिदाको दिन समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077