Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं, सरकारमा पनि जान्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने बताएका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने, ‘कांग्रेस संवाद, सहमति र एकतामा जोड दिन्छ। प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावको पक्षमा मतदान गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ। हाम्रो पार्टी वर्तमान सरकारमा पनि सहभागी हुनेछ।’

त्यसैले प्रधानमन्त्रीले पहिलो पकट विश्वासको मत लिँदा संसदमा प्रतिपक्षमा रहेर पनि विश्वासको मत दिएको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने विश्वास पनि व्यक्त गरेका थिए। प्रधानमन्त्रीले वर्तमान चुनौती सामना गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास पनि देउवाको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077