Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गठबन्धनमा असहमति भए पनि निरन्तरताको पक्षमा छु : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

उनले भने,‘पहिले पनि हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थियौं। आज पनि हाम्रो पार्टीले प्रधानमन्त्रीलाई लोकतन्त्र, संघीयता र गणतन्त्रलाई रक्षा गर्ने अभिभारासहित नै मत दिने निर्णय भएको छ ।’

अध्यक्ष राउतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय पार्टीले गरेको बताए। प्रधानमन्त्री प्रचण्डले संघर्ष गरेर गणतन्त्र र संघीयता पुनर्स्थापना गरेको पनि उनले बताए।

संघीयता र गणतन्त्र नेपालका लागि नौलो व्यवस्था नभए पनि प्रचण्डले त्यो रक्षा गर्ने आशा आफूहरूले राखिएको उनले बताए। एक दुई कुरामा असहमति हुँदा नै गठबन्धन छाड्नुपर्ने, मत फिर्ता लिनुपर्ने पक्षमा आफूहरू नरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077