Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले फिर्ता लिए पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको जानकारी गराएका हुन् ।

गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु विक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए । भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बताएको थियो ।

सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताए । उनले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद् र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए ।

भेटमा सञ्चारमैत्री कानुन निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धित विधेयकहरुको अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077