Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, सामान्य आहार दिन थालियो

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ ।

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो ।

आगलागीबाट गम्भीर घाइते भएका डा भण्डारीको आज ३३ दिन पुग्दा स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।

“डा भण्डारीको फिजियोथेरापी भइरहेको छ । कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ । स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ,” डा भण्डारीका दाजु मीनप्रसादले भने ।

डा भण्डारीको फिजियोथेरापी जारी रहेको र केही समय सहयोगबिना बस्न थालेका दाजु मीनप्रसादको भनाइ छ । अनुहारको छाला राम्रो हुँदै गएकाले तत्काल अप्रेसन गर्नुनपर्ने चिकित्सकले बताएका छन् ।

सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।

आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077