Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

काठमाडौंमा सार्वजनिक बिदा भए पनि आज बैंक र राहदानी विभाग खुला रहने

काठमाडौं । काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् ।

काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्तै, राहदानी विभागले घोडेजात्राको बिदाका दिन पनि सेवा दिने भएको छ ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विभाग खुल्ने र सेवा दिने बताए । मंगलबारका लागि ८०० जनाले राहदानीको फर्म भरेकोले २ः३० बजेसम्म सेवा दिने भुसालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077