Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खानको दाबी - मलाई अदालतमै हत्या गर्ने योजना छ, भर्चुअल सुनुवाइ होस्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अदालतमै हत्याको योजना बनाएको भन्दै भर्चुअल सुनुवाईको माग गरेका छन् ।

खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो सफल नभएको भन्दै फेरि पनि अदालतमा आफ्नो ज्यानको सुरक्षा नभएको दाबी गरेका हुन् ।

खान शनिबार इस्लामावादस्थित उच्च अदालतको ज्युडिसियल कम्प्लेक्समा सुनुवाइका लागि पुगेका थिए । तर लाहोरस्थित घरबाट अदालत हिँडेका खान झण्डै ६ घण्टापछि अदालत पुगेर हस्ताक्षर गरेर मात्र फर्किए ।

खानले पछिल्लो पटक उच्च अदालतका मुख्य न्यायाधीश अमर अता मन्दियाललाई चिठ्ठी लेखेर आफ्नो हत्याको योजना बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077