Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रङ्गशालाअघि उभिएर धुर्मुसले भने – डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन

    रङ्गशालाअघि उभिएर धुर्मुसले भने – डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन

    २ वर्षदेखि मानसिक याताना भोगी रहेको छु

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 852
    SHARES

    काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा मानसिक यातना भोग्नुपरेको बताएका छन् ।

    धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कट्टेलले यस्तो बताएका हुन् । उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको बताए ।



    धुर्मुसले भनेका छन्, ‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ । तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’



    धुर्मुसले आफूले कुनै गल्ती गरेको भेटिए जुनसुकै सजाय खेप्न तयार रहेको उल्लेख गरे । सरकारकै कारण आफूहरुले हिसाब सार्वजनिक गर्न नसकेको धुर्मुसको भनाइ छ ।

    सरकारी निकायहरुबाट भएको छानबिनको प्रतिवेदन गोप्य राख्दा आफूहरु मर्कामा परेको उनले बताए ।

    धुर्मुसले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आफूहरुले नछाडेको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार