Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी दर्ता

    करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा धुर्मुस–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    आयोगका अनुसार चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाखौं/ करोडौं रकम भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो ।



    बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग समेत गरेको स्रोतको भनाइ छ।



    उनले विभिन्न दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम समेतको सहयोगमा बन्दै गरेको रंगशालामा खर्च भए बराबरको काम नभएको र फाउण्डेसनले नै भ्रष्टाचार गरेको भन्दै उजुरी  गरेका हुन्।

    अख्तियारमा उजुरी परेसँगै उक्त उजुरी दर्ता भएको र अब अनुसन्धान सुरु हुने अख्तियारले बताएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउने भनेको रंगशालामा हालसम्म ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइएको छ । यद्यपि उसले रंगशाला निर्माणबाट हात झिकिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार