Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बिजुलीको पैसा नतिर्ने धुर्मुस सुन्तली फाउण्डेशनको लाइन काटियो

    बिजुलीको पैसा नतिर्ने धुर्मुस सुन्तली फाउण्डेशनको लाइन काटियो

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 2.4K
    SHARES

    चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउण्डेशनको लाइन काटेको छ ।

    प्राधिकरणका अनुसार भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशनले लामो समयसम्म पनि  बिजुलीको बक्यौता नतिरेपछि लाइन काटिएको हो।



    फाउण्डेशनले बिजुलीको ८ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको प्राधिकरणको भनाइ छ । फाउण्डेशनले छ महिनाभन्दा बढी समयदेखि बक्यौता नतिरेको प्राधिकरणले जनाएको छ।



    पछिल्लो समय आर्थिक सहायता उपलब्ध हुन छाडेपछि फाउण्डेशन टाट पल्टिएको छ।  फाउण्डेशन रंगशाला निर्माणको कामबाट समेत पछि हटेको छ । फाउण्डेशनले ४५ केभीए क्षमता लिएर रंगशाला निर्माणको काम गर्दै आएको थियो ।

    पछिल्लो समय फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले रंगशाला निर्माणबाट आफू पछि हटेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार