Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गौतमबुद्ध क्रिकेट रंगशाला बागमती प्रदेश र भरतपुर महानगरले बनाउने

    गौतमबुद्ध क्रिकेट रंगशाला बागमती प्रदेश र भरतपुर महानगरले बनाउने

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 915
    SHARES

    चितवन । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच मिलेर बनाउने सहमति भएको छ ।

    प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो । यसका लागि भरतपुर महानगर तत्काल ७५ करोड रुपैयाँको टेन्डर आह्वान गर्ने समझदारी भएको छ ।



    हाँस्य कलाकार जोडीद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण आरम्भ गरेको यो रंगशाला अहिले अलपत्रको अवस्थामा छ ।



    मैदान सम्याउने र प्यारापिटका लागि पिलर उठाउने काम शुरू भए पनि बजेट अभाव भएको भन्दै उनले काम अगाडि बढाउन छोडेका थिए ।

    अहिले खेल हेर्न ठाउँ र खेल्ने पिच निर्माणका लागि ७० करोड लाग्ने अनुमान रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार