Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गौतमबुद्ध रंगशालाका लागि बागमती सरकारले ५२ करोड दिने

    गौतमबुद्ध रंगशालाका लागि बागमती सरकारले ५२ करोड दिने

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 279
    SHARES

    हेटौंडा । बागमती प्रदेश सरकारले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेको छ ।

    प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।



    यसअघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको थियो ।



    भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् ।

    चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिकेको छ ।

    अब बाँकी संरचना भने बागमती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार