Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले  विद्युत् महशुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लाइन काटेको छ ।

    आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो ।



    प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल रु आठ लाख ८७ हजार पुगेको छ । यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ । फाउण्डेसनले रु १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोधसमेत गरेको छ ।



    प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीले रु ३७ लाख ४१ हजार बक्यौता तिर्न बाँकी रहेपछि सो उद्योगको पनि लाइन काटेको छ । यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिए ।

    पचास हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित रु एक करोड ४० लाख हाराहारी महशुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ । विगत केही वर्ष अघियस कार्यालयमा बक्यौता मात्र रु सात करोडसम्म पुगेको पौडेलले जानकारी दिए । पछिल्ला वर्षहरुमा महशुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको हो ।रासस 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार