Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पूर्णता दिन सरकारले समन्वय र सहजीकरण गर्ने बताइन् ।



    त्यसैगरी गैँडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने छ भने कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयलाईसमेत नीति तथा कार्यक्रममा समेटिएको छ।



    सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक खेल प्रशिक्षक सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्दै जाने नीति लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार