Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरले लिने

    गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरले लिने

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन्।

    मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् ।



    मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताइन् ।



    सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने दाहालको भनाइ छ ।

    फाउण्डेशनले आर्थिक अभावका कारण केहीदिन अघिमात्रै रंगशाला निर्माणबाट हात झिकेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार