Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युएई क्रिकेट टिमको प्रशिक्षकबाट रोविन सिंह बर्खास्त

एजेन्सी । युएईले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पदबाट रोविन सिंहलाई हटाइएको छ। पछिल्लो समय युएईले खराब प्रदर्शन गरेपछि उनको पद धरापमा परेको हो ।

अब मुदास्सर नाजरले युएईको अस्थायी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन्।भारतका पूर्व अलराउन्डर सिंह फेब्रुअरी २०२० मा युएईको प्रशिक्षक नियुक्त भएका थिए।

युएईले यसै साताको अन्त्यमा नामिबियामा हुने क्रिकेट विश्वकप छनोटको प्लेअफ खेल्दैछ। पछिल्लो समय खराब नतिजाको कारण युएईले जुनमा जिम्बाब्वेमा हुने ग्लोबल विश्वकप छनोटमा सिधै स्थान बनाउन असफल भएको थियो भने एकदिवसीय मान्यता पनि खतरामा परेको थियो।

अब क्रिकेट विश्वकप छनोटको प्लेअफमा शीर्ष दुईमा परे युएई विश्वकप छनोटमा पुग्नेछ भने क्यानडा र जर्सीभन्दा अघि रहे मात्र एकदिवसीय मान्यता जोगिनेछ। गत वर्षदेखि युएईले एकदिवसीय र टी-२० गरी कुल २७ खेल खेलेको छ र त्यसमध्ये २० खेल हारेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077