Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचनको विषयमा छलफल गर्न जसपाले बोलायो बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ ।

बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा वैशाख १० गते प्रतिनिधिसभा अन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा पार्टीले दिने उम्मेदवारीलगायतका विषयमा छलफल हुनेछ ।

साथै मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077