Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गुणस्तरीय शिक्षाका लागि साझा प्रयास आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन्।

मंगलबार शीतलनिवासमा नेपाल शिक्षक संघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न संघले विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

सो अवसरमा नेपाल शिक्षक संघले राष्ट्रपति पदमा निर्वाचित भएकोमा राष्ट्रपति पौडेललाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको थियो ।

भेटमा संघका अध्यक्ष राजेन्द्रराज पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077