Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

    ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 843
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओली सरकारको पालामा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ आज (बुधबार) पनि स्थगित भएको छ ।

    दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तीसम्बन्धी १५ वटा रिट निवेदनको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।



    सर्वोच्चले आज  पेशीसूची प्रकाशित गरी संवैधानिक पदाधिकारी नियुक्तीसम्बन्धी रिट निवेदनको सुनुवाइ स्थगित भएको जानकारी दिएको हो ।

    ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा २७ महिनादेखि विचाराधिन छ ।

    यसअघि ३ फागुनमा यी मुद्दालाई पछाडि राखिएका कारण हेर्न नभ्याइने भनी स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार