Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

    सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 456
    SHARES

    काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ४ बजे बैठक बस्ने तय भएको छ ।



    बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।



    सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।

    प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।

    प्रधानमन्त्री दाहलाले चैत्र ६ गते संसद्मा दोस्रो पटक विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार