Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

    न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 408
    SHARES

    काठमाडौं । न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न सत्ता साझेदार मुख्य चार दलको बैठक बालुवाटारमा सुरु भएको छ।

    मन्त्रिपरिषद बिस्तार र न्यूनतम साझा कार्यक्रमलगायत विषय एकैसाथ अघि बढाउन छलफल भइरहेको हो ।



    बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत माजवादी र जनता समाजवादी पार्टी जसपा सहभागी छन्।



    बैठकमा माओवादीका तर्फबाट उपमहासचिव शक्ति बस्नेत, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र जसपाबाट नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्।

    यसअघि मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन बुधबार चारै दलका शीर्ष नेताहरुको बैठक बसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार