Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मानहानी मुद्दामा कांग्रेस नेता गान्धीलाई दुई वर्षको जेल सजाय

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई सुरतको तल्लो अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

सुरतको अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।

सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।

सन् २०१९ को आपराधिक मानहानि मुद्दामा राहुल गान्धी दोषी ठहर भएका हुन्।  राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा 'सबै चोरको थर मोदी किन हुन्छ ?’ भनी बोलेका थिए ।

भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ । अदालतले फैसला सुनाएपछि गान्धीलाई जमानत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077