Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा, झण्डै ९२ लाख स्रोत नखुलेको सम्पत्ति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियारले तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियामाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

गाउँपालिका अध्यक्ष बनियाले ९१ लाख ८६ हजार ५४३ रुपैँया गैरकानूनी सम्पत्तिआर्जन गरेको भन्दै अख्तियारले विगो मागदावीसहित मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

१४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएका बनियाँ ९ वेशाख २०७९ सम्म पदमा थिए । अख्तियारले बनिया पदमा रहेको २०७४ असार २१ देखि २०७८ चैत ३० सम्मलाई जाँच अवधि मानेको छ ।

उक्त अवधिमा स्वआर्जित तथा सिर्जित सम्पत्ति एवं लगानी तथा खर्चहरूका सम्बन्धमा उनको आम्दानी र खर्च जाँच गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

उक्त अविधिमा पारिश्रमिक, बैठक भत्ता, ट्र्याक्टर तथा हार्वेस्टर बिक्री, बीमाबाट प्राप्त रकम, उनको छोराको नाममा रहेको घर गाउँपालिकालाई बहालमा दिएबापत प्राप्त रकम, कृषि आय, शाखारहीत बैंक सञ्चालन गरी प्राप्त आय, राईस मिलबाट प्राप्त आयसमेत बनियाले ८४ लाख १० हजार ४५१ रुपैया ६ पैसा आम्दानी गरेको देखिएको प्रवक्ता दाहालले बताए ।

त्यस्तै बनियाले सोही अवधिमा छोराहरूलाई अध्ययन खर्च, घर निर्माण खर्च, छोराको नाममा बिभिन्न जग्गा खरिद, बीमाबापत बुझाएको प्रिमियम रकम, छोराको नाममा मोटरसाइकल र ट्र्याक्टर खरिद खर्च, कर्जाबापत तिरेको साँवाब्याज रकम, राईस मिलको आयबापत तिरेको आयकर र उनी र उनको परिवारको नाममा बिभिन्न बैंकहरूमा रहेको खातामा भएको मौज्दात रकमसमेत गरी जम्मा १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैया ३६ पैसा खर्च तथा लगानी गरेको अख्तियारले जनाएको छ ।

बनियाले उक्त अवधिमा गरेको आय भन्दा ९१ लाख ८६ हजार ५४३ रुपैया ३० पैसा बढी खर्च गरेको अख्तियारले जनाएको छ । सोही अनुसार बनियाविरुद्ध ९१ लाख ८६ हजार ५४३ रुपैया ३० पैसा विगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077