Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ४ बजे सिंहदरबारमा बस्न लागेको हो । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबारका लागि सारिएको थियो ।

बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । आज उनलाई बिदाइ गरिने छ ।

सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077