Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

म राष्ट्रपति बनेको भए कांग्रेस र माओवादीले धोकेबाज भन्थे : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको बताएका छन् ।

अध्यक्ष नेपालले पार्टीनिकट भूपू सैनिकको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भने,‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो। तर के हुन्थ्यो थाहा छ?यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज। कांग्रेसलाई धोका दियो, माओवादीलाई धोका दियो। राष्ट्रपति बन्न भूमिका खेल्यो भन्थे।’

अध्यक्ष नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर अस्वीकार गरेको बताए । उनले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077