काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृहमन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्रि नम्बर १११२,इमेलमा [email protected] र ह्वाट्एप्प नम्बर ९८५१३६०६०३ मा गर्न सकिने जनाएको छ।