काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि शनिबार प्रहरीमा पठाएको छ ।
प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै सम्बन्धित जिल्ला प्रहरी परिसरमा पुगेको हो । तर अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक भएको छैन ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनको राजनीतिक पक्ष तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने सुरक्षा संयन्त्रको पक्षमा थप अध्ययन गर्ने सहमति भएको थियो ।
यसैअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरिएको हो ।प्रतिवेदनमा सात जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।
सुरक्षा संयन्त्रअन्तर्गत तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौंका तत्कालीन सिडिओ छवि रिजालमाथि तत्काल कारबाही नगर्ने निर्णय भएको बताइएको छ ।