Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

४२ उपसचिवको सरुवा, ११ जिल्लाका सिडिओ फेरिए

४२ उपसचिवको सरुवा, ११ जिल्लाका सिडिओ फेरिए

शनिवार , आषाढ २०, २०८३

काठमाडौं । सरकारले ४२ जना उपसचिवको सरुवा गरेको छ ।गृह मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार सरुवाको सूची सार्वजनिक गरेको हो।

सरुवामा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। सरुवाअनुसार ताप्लेजुङ, हुम्ला, सोलुखुम्बु, रुकुम पूर्व, रसुवा, मुगु, मनाङ, कालिकोट, दार्चुला, जुम्ला र डडेल्धुरा जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइएको छ।

सरुवापछि ताप्लेजुङमा उमेश कुमार दाहाल, हुम्लामा भोलानाथ गुरागाईं, सोलुखुम्बुमा कमानसिंह थापा मगर, रुकुम पूर्वमा कोपिला राई, रसुवामा नरेन्द्र परियार, मुगुमा पोषणराज भण्डारी, मनाङमा मुक्तिनाथ खनाल, कालिकोटमा झविलाल भट्टराई, दार्चुलामा वर्तराज पौडेल, जुम्लामा तेजप्रकाश प्रसाई तथा डडेल्धुरामा मीना अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077