Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गौर साम्प्रदायिक तनावपछि बोल्यो सरकार, भन्यो - धार्मिक सहिष्णुता र सम्मान कायम राखौँ

गौर साम्प्रदायिक तनावपछि बोल्यो सरकार, भन्यो - धार्मिक सहिष्णुता र सम्मान कायम राखौँ

शनिवार , फाल्गुण ९, २०८२

काठमाडौं । गृह मन्त्रालयले देशभर धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा समुदायबीच खलल पु¥याउने गतिविधि कानुनद्वारा दण्डनीय हुने स्मरण गराएको हो ।

मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी) द्वारा जारी विज्ञप्तिमा धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने, हिंसात्मक गतिविधि गर्न उक्साउने, घृणा वा द्वेष फैलाउने तथा सार्वजनिक–निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने कार्य कानुनविपरीत रहेको उल्लेख छ।

राजनीतिक दलका झण्डा जलाउने लगायत निषेधित गतिविधिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ।

विज्ञप्तिमा विशेषगरी रौतहट, दाङलगायत तराई–मधेशका केही जिल्लामा देखिएका घटनाले धार्मिक सहिष्णुता र सामाजिक मर्यादामा असर पारेको उल्लेख गरिएको छ। मन्त्रालयले यस्ता गतिविधिलाई सूक्ष्म निगरानीमा राखिएको र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।

यसैबीच, रौतहटमा दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यू जारी गरेको छ। स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम राख्न थप सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले तराई क्षेत्रमा निर्वाचन सन्दर्भमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलताको विश्लेषण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिए। सो कार्यका लागि प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

सरकारले सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा उत्तेजक अभिव्यक्ति नदिन, अफवाह नफैलाउन र कानुन हातमा नलिन सबैमा अनुरोध गर्दै धार्मिक सहिष्णुता, आपसी सम्मान र सद्भाव कायम राख्न आह्वान गरेको छ।

null

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077