Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इजरायल र हिजबुल्लाहबीच युद्धविराम नवीकरण

इजरायल र हिजबुल्लाहबीच युद्धविराम नवीकरण

शनिवार , आषाढ ६, २०८३

एजेन्सी । लेबनानमा चर्किएको सैन्य द्वन्द्वका कारण संकटमा परेको अमेरिका–इरान शान्ति प्रक्रियालाई जोगाउने प्रयासस्वरूप इजरायल र हिजबुल्लाह युद्धविराम नवीकरण गर्न सहमत भएका छन् ।

दुवै पक्षले युद्धविरामको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै एकअर्कालाई सम्झौता उल्लंघन नगर्न चेतावनी दिएका छन्।

लेबनानी अधिकारीहरूका अनुसार युद्धविराम नवीकरण हुनुअघि शुक्रबार इजरायलले गरेको हवाई आक्रमण हालको द्वन्द्वकै दोस्रो सबैभन्दा घातक र विनाशकारी आक्रमणमध्ये एक थियो। त्यसपछि क्षेत्रीय तनाव थप चुलिएको थियो।

लेबनानमा इजरायलको सैन्य कारबाहीले अमेरिका–इरानबीच जारी शान्ति वार्तामा प्रत्यक्ष असर पारेको भन्दै पछिल्ला दिनमा वासिङ्टन र तेल अभिभबीच पनि मतभेद देखिएको थियो।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको खुलेर प्रशंसा गर्दै दुई देशबीचको सम्बन्ध पुनः सहज बनाउने संकेत दिएका छन्।

यसैबीच, प्रारम्भिक ढिलाइपछि अमेरिका र इरानले प्राविधिक तहको वार्तालाई पुनः तीव्रता दिएका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफ स्विट्जरल्याण्ड प्रस्थान गरिसकेका छन् भने जारेड कुश्नर पनि वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ।

अन्तिम शान्ति सम्झौताका लागि निर्धारण गरिएको ६० दिने समयसीमा तीव्र रूपमा नजिकिँदै जाँदा इरानले मध्यस्थकर्ताहरूसँग समन्वय बढाउँदै वार्तालाई परिणाममुखी बनाउने कूटनीतिक पहललाई गति दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077